हाम्रो देश
रास्ट्र प्रमुख बदलिए
नेता बदलिए
पशुपतिका बादर भन्दा बढ़ी सवासद
एका एक संसद माँ पुगे
कांग्रेस एमाले भये
एमाले माओबादी भये
माओबादी फोरम भये
फोरम जनतान्त्रिक भये
जनतान्त्रिक कोबरा भये
आतंककारी रास्ट्रबादी भये
गोठालाहरू राष्ट्रपति भये
राजा प्रजा भये
नाम मात्रको नया नेपाल बनाये
जाती जाती माँ फाटो ल्याए
हरुवाहरू हाई पोस्ट माँ
क क रा नजान्नेहरू पनी मन्त्रिमंदलमा
सी डी ओ हरुले झापड़ पाए
सुजाताहरूले पापड़ पाए
जंगलका सहर तीर
नारायण हिटी का नागार्जुन तीर
के भयो त्यस भन्दा बढ़ी
आखिर सधै नेतालाई मस्ती
जनता लाई सास्ती
युबा जानेबुझेका सबै परदेश
मित्रजन यही हो हाम्रो देश
हामी गौरब साली नेपालीको
गणतांत्रिक देशमा
नेतालाई १ करोड्को पजेरो
जनतालाई छाक टारन अप्ठेरो
पानी,बत्ती ,सड़क अस्ताब्यस्त
नेतालाई स्वित्ज़रलैंड बनाइदिन्छोऊ
भन्दै भासन छाटनमई मस्त
धार्मिक सहिस्नुता तहस नहस
दिनहु जतियताका बहस
ऐ कलापत्थर्मा बैठक बस्नेहरू !?
हारेर जित्नेहरू
बिदेसिसमु झु क्नेहरू
सकी नसकि भुक्नेहरू
अब त केही गरंन
मलाई भोली पनी म नेपाली हू भन्नु छ
स्वित्ज़रलैंड ,सिगापुरका नाटक हैन
नेपाली वास्ताबिकता बन्नू छ
ऐ हारेर जित्नेहरू
बिदेसिसमु झुक्नेहरू
सकिनसकी भुक्नेहरू
अब त केही गरंन
जनता आहत भये तिमिहरुदेखी
कालापथर हैन जनता का घर दैलो
देखने गर
अरुको भर पर्न छाडेर आफ्नै खुट्टामा
टेकने गर
रस्त्रियताका गीत
लेखने गर
गरीब जनता दुख पीड़ा
छेकने गर
ऐ सकिनसकी भुक्नेहरू
अब त केही गर !!!!!!!!!!!!?????????
एन .पि .घिमिरे (बियोग)
१९ दिसम्बर ,फिनलैंड
Saturday, December 19, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment